मेलम्चीबाट इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडियो

मेलम्चीबाट इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का तोडिएको छ । काममा फर्किन दिइएको १४ दिनको समयसीमा गुज्रिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीसँगको ठेक्का रद्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको प्रवक्ता पन्तको भनाई छ ।

सकारले गत माघ ६ गते १४ दिनभित्र काममा फर्किन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गरेको थियो । तर, अन्तिम म्याद भनिएको सोमबारसम्म सीएमसी काममा नफर्किएपछि ठेक्का तोडिएको उनको भनाइृ छ ।

अझै मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे आयोजना अनिणिर्त छ । बोर्ड बैठकले यस विषयमा विकल्पहरु तयार गरेर सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । सरकारले गर्ने निर्णयका आधारमा मात्रै आयोजनाको काम अघि बढाइने उनको भनाई छ ।

Logo