भारतका लागि नवनियुक्त राजदूत आचार्यको के छ योजना ?

भारतका लागि नवनियुक्त राजदूत आचार्यको के छ योजना ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

भारतका लागि नवनियुक्त राजदुत आचार्यले मुलुकको समृद्धिका लागि निर्यात व्यापारमा जोड दिन आवश्यक रहेकाले आफूले सोही कामलाई भारतमा रहँदा प्राथमिकताका साथ अघि बढाउने बताएका हुन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रकमा व्यवसायीहरुलाई आग्रह गरे ।

आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्र्याउन आवश्यक पहल गर्ने नवनियुक्त राजदुत आचार्यको योजना छ । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पनि आफूले पहल गर्ने बताए ।

राजदुत आचार्यले नेपालमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुले ठोस योजना बनाउनुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त गरिएका राजदुतहरुको पनि सम्मान गरिएको थियो ।

Skip This
Skip This
Logo