काठमाडौं गुर्खाजकाे जर्सी सार्वजनिक, एम्बेस्डरमा इन्दु बर्मा

काठमाडौं गुर्खाजकाे जर्सी सार्वजनिक, एम्बेस्डरमा इन्दु बर्मा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ ।

क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सार्वजनिक गरेको हो ।

साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेस्डरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेस्डर बनाएको छ । गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो ।

एम्बेस्डर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गरेका हुन् ।

Logo