म्यान्चेस्टर सिटीकाे जितसँगै शीर्षस्थानकाे अंक दूरी बलियो

म्यान्चेस्टर सिटीकाे जितसँगै शीर्षस्थानकाे अंक दूरी बलियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसंगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

सिटीले २० खेलमा ४४ अंक जोडेको छ । सिटीदाई पछ्याइरहेकाे युनाइटेडले २१ खेलबाट ४१ अंक जोडेकाे छ भने सिटीसँग पराजित सेफिल्ड ८ अंक जोडेर पुछारमा छ ।

Logo