काठमाडौँ । गोल्डम्यान सचले प्रकाशन गरेको नयाँ रिपोर्ट अनुसार इलेक्ट्रिक सवारी साधनको मूल्य दुई वर्षभित्रै करिव ५० प्रतिशत घट्ने छ । सन् २०२२ मा प्रतिकिलोवाट आवर ग्लोबल रुपमा ब्याट्रीको मूल्य औसत १५३ डलर रहेकोमा सन् २०२३ मा १४९ डलर पुगेको थियो । रिपोर्ट अनुसार सो मूल्य लगातार रुपमा घटेर सन् २०२६ मा प्रति किलोवाट आवर ८० डलर पुग्ने बताइएको छ ।
ठूलो सेल र सेल–टु–प्याक टेक्नोलोजी जस्ता प्रविधिको विकासका कारण मूल्य घट्ने बताइएको छ । यसले ब्याट्री मोडुलको संख्या घटाउँछ । यसले मूल्य घटाउनुका साथै इनर्जी डेन्सिटी समेत ३० प्रतिशतसम्म बढाउँछ ।
लिथियम र कोबाल्ट जस्ता कच्चा पदार्थको मूल्य घट्दै जानुले पनि इलेक्ट्रिक सवारी साधनको मूल्य घट्ने छ । यो मूल्य कमसेकम सन् २०३० सम्म लगातार रुपमा घट्ने छ । गोल्डम्यान सचले सो मूल्य करिव ४० प्रतिशत घट्ने अनुमान गरेको छ ।































प्रतिक्रिया