होन्डाको चौथो पुस्ताको पासपोर्ट एसयूभीमा यस्ता छन् फिचर

होन्डाको चौथो पुस्ताको पासपोर्ट एसयूभीमा यस्ता छन् फिचर

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नयाँ फिचरले सुसज्जित गर्दै होन्डाले आफ्नो चौथो पुस्ताको होन्डा पासपोर्ट एसयूभी विश्व बजारमा सार्वजनिक गरेको छ । नयाँ होन्डा पासपोर्ट हालको मोडल भन्दा अलि ठूलो छ ।

पहिलेभन्दा धेरै अफरोडिङ यसको लुक धेरै सीधा र बलियो बनाइएको छ । यसको अगाडि ठूला र बक्सी आकारको हेडल्याम्प, फराकिलो हुड स्कूपसहितको फ्ल्याट क्ल्यामसेल हुड, अगाडिको बम्परको माथि फराकिलो एयर ड्याम, कन्ट्रास्टिङ ब्ल्याक र दुई वटा स्लेटसहितको स्ट्रेट ग्रिल समावेश गरिएको छ ।

यसको साइड प्यानलमा फ्लेयर फन्डर, ह्विल आर्च वरिपरि प्लास्टिक क्ल्याडिङ र कन्ट्रास्टिङ ब्ल्याक डोर ह्यान्डल दिइएको छ । नयाँ पासपोर्टको ग्राउण्ड क्लियरेन्स अघिल्लो मोडलको भन्दा बढी छ । यसमा ३१ इन्च ठूला टायरसहित १८ इन्च अलोय ह्विल छ । पछाडि र्‍याप अराउन्ड विन्डस्क्रिन, रेजिष्ट्रेसन प्लेट हाउसिङको माथि कालो कन्ट्रास्टिङ ट्रिम र फक्स सिल्भर स्किड प्लेट दिइएको छ ।

नयाँ होन्डा पासपोर्टको इन्टेरियर अघिल्लो मोडल जस्तै राखिएको छ । यो ५ सिटर एसयूभीमा ड्यासबोर्डका लागि सबै कालो थिम दिइएको छ । यसमा १२.४ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर छ । साथै यसमा ड्युअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र एडीएएस जस्ता फिचर उपलब्ध गराइएको छ ।

१० स्पिड अटोमेटिक ट्रान्समिसनसँग इन्जिन जोडिएको नयाँ होन्डा पासपोर्टमा ३.५ लिटरको भि६ पेट्रोल इन्जिन छ, जसले २८५ एचपी पावर जेनेरेट गर्छ।

Skip This
Skip This
Logo