काठमाडौँ । नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ ।
मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
उनले भने, ‘बैठक संक्षिप्त भयो, धेरै एजेण्डा पनि भएन । पहिलो एजेण्डा कार्यविधि बनाउने थियो, हामीले पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने भन्ने निर्णय गरेका थियौँ । त्यो पालिका सम्मेलनका लागि विधान त पास भइसकेको हो । त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ ।’
यसको साथै, उनले बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्टहरु लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको बताए ।
उनले भने, ‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरु लिइएको छ । अहिलेसम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाँउमा सुनिश्चित जस्तै छ । बागमतीको दोलखादेखि काठमाडौँसम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ ।’ यसको साथै छिटै पार्टीको अर्को बैठक बस्ने पनि उनको भनाइ छ ।































प्रतिक्रिया