टिप्परको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु : अर्का एक घाइते

टिप्परको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु : अर्का एक घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राजधानीमै गएराती टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा गएराति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बरको टिप्परले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का २० वर्षका श्याम विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका २३ वर्षका निशान विकको ट्रमा सेन्टर उपचार भइरहेको बताइएको छ । टिप्पर चालक फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।

Skip This
Skip This
Logo