सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

केन्द्रबिन्दु
360
Shares

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रुपैयाँले घटेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo