जनवरीदेखि बिक्रीको तयारीमा लिप मोटर टी०३, कति पर्छ मूल्य ?

जनवरीदेखि बिक्रीको तयारीमा लिप मोटर टी०३, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
114
Shares

काठमाडौँ । सांग्रिला मोटर्सले आगामी जनवरी महिनामा नेपाली बजारमा लिप मोटरको नयाँ स्मार्ट ईभी टी०३ भित्र्याउने भएको छ । ७० किलोवाट मोटरमा उपलब्ध हुने सो ईभीको मूल्य ३४ लाख रुपैयाँ हुनेछ ।

३७.३ किलोवाट आवरको ब्याट्री प्रयोग भएको सो ईभीले सिंगल चार्जमा २६५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । यसले १५८ एनएम सम्मको उच्चतम टर्क जेनेरेट गर्नेछ ।

हाल सो गाडीको परीक्षण नेपाली सडकमा भइरहेको छ । यसको अन्य जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन । लिप मोटर टी०३ स्मार्ट ईभीको अर्को ५० किलोवाट मोटरको अर्को भेरिएन्ट समेत आगामी दिनमा नेपाल भित्र्याउने कम्पनीको तयारी छ । यसको मूल्य पनि अहिलेको भेरिएन्टभन्दा कम हुनेछ ।

यो भन्दा पहिले सांग्रिला मोटरले लिप मोटरको सी१० बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

Skip This
Skip This
Logo