काठमाडौँ । सन् २०२६ देखि ईभीमात्र उत्पादन गर्ने उद्घोष गरेको जगुआरले आधिकारिक रूपमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
ब्रान्डको नयाँ पहिचान जगुआरको अल–इलेक्ट्रिक फोर डोर जीटी कन्सेप्टमा डेब्यू हुने जनाइएको छ । जुन २ डिसेम्बर २०२४मा डेब्यू हुनेछ । कम्पनीले यसको डिभाइस मार्क, आर्टिस्ट मार्क, मेकर मार्क र स्ट्राइकथ्रु सहितको नयाँ सेट बनाएर सार्वजनिक गरेको हो ।
डिभाइस मार्कलाई पहिलेभन्दा फरक राउन्डर फन्ट प्रयोग गरेर माथिल्लो र तल्लो केसहरूमा सरल अक्षरमा ‘जगुआर’ लेखिएको छ । ‘मोनोग्राम’ पनि भनिने आर्टिस्ट मार्कले सर्कलभित्र ‘जे’ र ‘आर’ अक्षरहरू प्रस्तुत गरेको छ ।
हाल जागुआरको एफ–पेस मात्र विश्वव्यापी रूपमा बिक्रीमा छ । एफ–पेस एसयूभी २०२५ सम्म बिक्रीमा रहने अपेक्षा गरिएको छ र इलेक्ट्रिक जीटीको आगमन अघि बन्द हुनेछ ।































प्रतिक्रिया