काठमाडौं । होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर अन्तर्गत कपिलवस्तुका इरफान अहमद मुसलमानले १० लाख नगद पुरस्कार जितेका छन् ।
भैरहवास्थित होन्डा शोरुम सिद्धि बिनायक अटो इन्टरनेसनलबाट सिबी साइन डिएसएस मोटरसाइकल खरिद गर्दा इरफानले उक्त पुरस्कार जितेका हुन् ।
होन्डा नेपालले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत भाग्यशाली ग्राहकलाई १० लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । यस योजनाअन्तर्गत हालसम्म ६ जना भाग्यशाली ग्राहकले १ लाख नगद उपहार समेत जितिसकेका छन् ।
इरफानले ठूलो पुरस्कार जितेकोमा होन्डा नेपालले खुसी व्यक्त गरेको छ ।





























प्रतिक्रिया