काठमाडौँ
म आँख मारी दिन्छुु बरबाद पारी दिन्छु , बोलको गीत मार्फत चलचित्र गुप्तले प्रर्दशन अघि प्रचार सुरु गरेको छ ।
गीतमा नायिका सुुष्मा कार्कीलाई बोल्ड अवतारको रुपमा देख्न सकिन्छ । जसलाई दर्शकले रुचाएका छन् । गीतमा साहेमा श्रेष्ठको स्वर रहेको छ भने साजन शाहको संगीत रहेको छ । गीतकार राज रोम कर्मकार रहेका छन् ।
चलचित्रमा नाफे अलि खान, भरत कार्की, सन्दिप सिग्देल, अंशु थापा, निमा अधिकारी, बिश्वराज ढकाल, बिनोद सिग्देल लगायतको अभिनय रहेको छ । दिपेन्द अग्रवाल र मीता मुराकार अग्रवालले संयुक्त निर्माण गरेका फिल्ममा शक्ति प्रज्वल घिमिरेको सम्पादन र राज रोय र भोजराज घिमिरेको संयुक्त निर्देशन रहेको छ । चलचित्र प्रर्दशन मिति भने तोकिएको छैन । गितको भिडियो यस्तो छ :































प्रतिक्रिया