काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप गर्ने निर्णय गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष, कमलेशकुमार अग्रवाललाई आयोगको सदस्यमा थप गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै उनले फिलिपिन्सको मनिलामा २०८१ मङ्सिर २५ देखि २७ सम्म आयोजना हुने छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको जानकारी दिए ।































प्रतिक्रिया