काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेड्ले संयुक्त रूपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलवार आयोजना गरेको छ ।
कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेशप्रसाद गिरी र उपाध्यक्ष सौरवराज थपलिया लगायत भारत पेट्रोलियमबाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तरराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्वक्षेत्रिय प्रमुख रविकान्त गोविन्दु र प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायत अधिकारीहरूको उपस्थिति थियो ।
म्याक स्टार नाइटमा डिलरहरूको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवं रुबी प्लस गृजको उद्घाटन गरिएको थियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो।
त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरूलाई उत्कृष्ट कार्य गरेबापत विभिन्न विधामा सम्मानित गरिएको थियो। सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग, फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।





























प्रतिक्रिया