काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा शनिबार ६ देखि ७ घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।
न्युरोड फिडरअन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखापत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डबली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
त्यस्तै, महाबौध्द फिडरअन्तर्गत पर्ने महाबौद्ध सबस्टेशनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।
कालीमाटी फिडरअन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुँदै हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ ।
ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।





























प्रतिक्रिया