पोखरामा नेविसंघले देखायो गगन थापालाई नै कालो झण्डा

पोखरामा नेविसंघले देखायो गगन थापालाई नै कालो झण्डा

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरामा नेपाली कांग्रेसका युवा नेता गगन थापालाई नेविसंघले कालोझण्डा देखाएको छ । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापालाई नेविसंघकै विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।

नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । उक्त कार्य एकदमै निन्दनीय भएको भन्दै थापाले विरोध जनाएका थिए । सोही विरोध जनाएको भन्दै नेविसंघले कालो झण्डा देखाएको हो ।

नेविसंघको एउटा समूहको अध्यक्षको नेतृत्व गर्दै आएका विकास थापाको समूहले गगनको विरोध गर्दै कालोझण्डा देखाएको हो । दुई समूहमा रहेको नेविसंघ कास्कीले गगनको भनाईको समर्थन तथा विरोध गर्दै आएका छन् ।

Skip This
Skip This
Logo