हेमन्त धामीको कप्तानीमा यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

हेमन्त धामीको कप्तानीमा यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने क्रिकेटका लागि एसीसीले शनिवार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।

अन्तिम टोलीमा कप्तान धामीसहित अर्जनु कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउँद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले १८ जनाको नाम सार्वजनिक गरेको थियो ।

Logo