सगरमाथाको नयाँ उचाइ एक वर्षभित्र आउने

सगरमाथाको नयाँ उचाइ एक वर्षभित्र आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सगरमाथाको नयाँ उचाइको निक्र्योल एक वर्षपछि मात्रै हुने भएको छ । भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुन सक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ ।

नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ । नापी विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथा उचाइ मापन कार्य सुरु भएको थियो ।

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारत लगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रिय रूपमा विवादित बन्नु, २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभाव लगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।

सरकारले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक सगरमाथा मापनका लागि स्वीकृति दिएको थियो । नेपालले अहिलेसम्म आधिकारिक मान्दै आएको ८८४८ मिटर उचाइ सोही भारतीय टोलीले मापन गरेको थियो ।

यो वर्ष अहिलेसम्मकै ग्र्याभेटी सर्वेक्षणका लागि आवश्यक ५४ वटा बिन्दुमा ‘मोनोमेन्टेसन’ को काम सकिएको नापी विभागले जनाएको छ । मोनोमेन्टेसन भन्नाले नाप्ने स्थानमा पिलर स्थापना गर्नु भन्ने हुन्छ ।
राजधानीबाट

Logo