काठमाडौँ । सभामुख देवराज घिमिरे पाँच दिने भ्रमणमा कम्बोडियामा छन् । त्यहाँ उनले संसदीय भेटघाट शुरु गरेका छन् ।
सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियाका समकक्षी तल्लो सदन नेशनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले शनिबार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग भेट गरेका थिए ।
सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गरेका छन् । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेट पछि हुनेछ ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख घिमिरे आगामी मंसिर ११ गते स्वदेश फर्किनेछन् ।





























प्रतिक्रिया