एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली

एमालेले पत्र बुझ्न नमानेपछि फर्कियो महानगरको टोली

केन्द्रबिन्दु
108
Shares

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाले जरिवाना गरेको पत्र बुझ्न अस्वीकार गरेको छ ।

महानगरको टोलीले नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेर पत्र बुझाउन खोजे पनि एमालेले पत्र नबुझेको हो । एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताएका छन् ।

शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभाका क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।

Logo