काठमाडौं । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरीजले लिमिटेड कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ ।
यो विशेष रम केवल ५२०० ओटा विशिष्ट संख्या अङ्कित बोतलहरू मात्र उत्पादन भएको छ । यो अतुलनीय गुणस्तरको मदिरा एक अद्वितीय नेपाली शिल्पकलाको उदाहरण हो जसले रमलाई उत्कृष्ट रमहरूको विश्वव्यापी नक्सामा दृढतापूर्वक समावेश गर्ने कम्पनीकाे भनाई छ । सीमित उत्पादन हुने रममध्ये १६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ। यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानल मार्फत् बिक्री गरिने छ।
कास्क रम बनाउने कला एक लगनशील यात्रा हो जसको सुरुवात हिमालको पानी र गुणस्तरीय उखुको मोलासेसको छनोटबाट सुरु हुन्छ । यी कच्चा पदार्थहरू जटिल प्रक्रियाहरू मार्फत् रूपान्तरण गरिन्छन् जसमा फर्मेन्टेसन, डिस्टिलेसन र सावधानीपूर्वक छानिएका कास्कहरूमा एजिंग गर्ने प्रक्रिया समावेश हुन्छन्। यस विशेष संस्करणको केन्द्रमा रहेको कास्क एक काठको ब्यारेल हो जुन प्रिमियम मदिराहरूको एजिंगका लागि प्रयोग गरिन्छ। यी कास्कहरूले गहन एवम् सन्तुलित स्वादहरूको सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वाद प्रस्तुत गर्दछ। विशेष रूपमा चारिंग (भित्रबाट डढाएका) कास्कहरूमा गरिने अद्वितीय एजिंग प्रक्रियाले यसको परिष्कृत र गाढा स्वादहरूको सिर्जना गर्दछ। विशेषगरी यस संस्करणका लागि मात्र प्रयोग गरिएको चारिंग प्रविधिले सामान्यतया धुवाँको सुगन्ध प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद प्रदान गर्दछ। यस प्रक्रियाले रमलाई पनि स्मोकी, हल्का जलेको काठ र सूक्ष्म मसलाहरूको सुगन्धले यस रमलाई अति विशेष बनाउँछ । कास्कलाई टोस्ट र चारिंग गरिएकाले यसमा स्मोकी र वुडी स्वादहरू अनुभव गर्न सकिन्छ जबकी सटीक तापक्रम र आर्द्रता नियन्त्रणले एजिंग प्रक्रियालाई अनुकूल बनाउँछ।
सटीक एजिंग प्रक्रियाले प्रत्येक घुट्कोमा केहि असाधारण स्वाद समेत प्रदान गर्दछ। यी सबैको परिणाम भनेको हरेक पारखीले प्राप्त गर्ने अद्वितीय स्वाद हो जुन खुकुरी कास्क शृंखलामा प्रयुक्त शिल्पकारिता र समर्पणको प्रमाण पनि हो। यद्यपि, कास्क शृङ्खलाका भावी संस्करणहरूमा अन्य कास्क एवम् प्रक्रियाहरू समावेश हुने छ ।
खुकुरी जस्तो उत्कृष्ट रम सिर्जना गरेको छ दशक भन्दा लामो अनुभव भएको नेपाल डिस्टिलरीजले सीमित खुकुरि कास्क शृंखलामा अतुलनीय विशेषज्ञता थप्नेछ। केही पुराना ब्याचहरू सहित दुर्लभ रमको भण्डारहरूबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिश रम सिर्जना गरेको छ जसले प्रत्येक बोतलमा शिल्प, कौशल र समर्पणको उदाहरण दिन्छ । आज, नेपाली परम्परा, शिल्प र कौशलको यो प्रतीक सम्पूर्ण मदिरा पारखीहरूलाई खुशी एवम् चकित पार्न तयार छ।
“रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ। यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो”, सीईओ रमेश कृष्णनले भने।





























प्रतिक्रिया