काठमाडौँ । रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन फडानी हुँदै गइरहेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा तालको सुन्दरताको लागि संगही सल्लाह, धूपी, बाज, भोजपत्र, ठिगो, लालीगुराँस, लगायत १ हजार २४ प्रजातिका वनस्पतिले घना पारिएको निकुञ्ज पछिल्लो समयमा रारा तालको किनारदेखि धमाधम काठ दाउरा चोरी निकासी हुन थालेको हो ।
पछिल्लो समयमा राज्यको नीति अनुसार मध्यवर्ती क्षेत्र निकुञ्ज छेउछाउमा रहेका बस्तीहरुलाई सहजताको लागी बफरजनको नीति ल्याएपछि निकुञ्जभित्र रहेका वनस्पति, वन्यजन्तु, जडिबुटी, जलचर थलचर, काठ दाउराको बढी चोरी निकासी भइरहेको छ ।
सरोकारवालाको लापरवाहीका कारण हिजोआज बाहिरबाट हेर्दा घना वनजङ्गल देखिए पनि भित्र पुरै रारा राष्ट्रिय निकुञ्जको बन सखाप भइरहेको छ । रारा तालको किनारमा रहेको ठुकुरज्यूले लात्तहानेको ढुङ्गा, दोफे, कोच्चे काद, लामाचौ माथिल्लो मिलीचौर लगायत मध्यवर्ती क्षेत्र रहेको भागमा बढी वनजङ्गल फडानी भएको छ ।
विषेश गरी काठ, दाउरा चोरी, निकासी भइरहेको र बढी निकुञ्ज र मध्यवर्ती क्षेत्र उजाड हुँदै गइरहेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्की वडा गाउँका जसबिर कार्कीले बताए ।

२०३२ देखि ३६ सालसम्म रारा तालको किनारमा घुम्न पशुचौपाया चराउन आउँदा निकै वनजङ्गल घना बाक्लो देखिन्थो । चराचुरीङ्गी, बदेल, माछा, फूलहरु धेरै भेटिने गरेको थियो । पछिल्लो समयमा छाडा पशुचौपाय चरीचराउ, चोरी शिकारी, तीव्र काठ दाउरा चोरीको कारण निकुञ्ज उजाड हुँदै गएको र यसको संरक्षण गर्न सबै सरोकारवालाहरुले कडाइका रुपमा लाग्न नागरिक अगुवा रुपबहादुर मल्लको भनाइ रहेको छ ।
रारा राष्ट्रिय निकुञ्जको संरक्षणको लागि नेपाली सेना, निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्रका समिति सदैव लागिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताए ।































प्रतिक्रिया