टि-२० सिरिजः नेपालद्वारा यूएईलाई १०५ रनको लक्ष्य पेश

टि-२० सिरिजः नेपालद्वारा यूएईलाई १०५ रनको लक्ष्य पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले यूएईलाई १०५ रनको लक्ष्य पेश गरेको छ । टि २० सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन बनायो । पानी परेपछि खेल १० ओभरमा झारिएको थियो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान पारख खड्का ओपनिङमा आएका थिए । उनले १४ बलमा २९ रन बनाएर क्याच आउट भए । पवन सर्राफ ४ बलमा एक रन पनि नबनाई आउट भए ।

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । सन्दीपले ११ बलमा २८ रन तथा भण्डारीले १३ बलमा २१ रन बनाएर आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन र करन केसीले ५ बलमा १० रन तथा बनाए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

Skip This
Skip This
Logo