काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान धरहरा परिसरमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश भएको एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
ट्रफी अनावरणका क्रममा सहभागी ८ टिमका मार्की खेलाडीहरू पनि उपस्थित थिए । अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको स्विकार्दै नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’





























प्रतिक्रिया