नयाँ रेनो डस्टर लन्च गरिने, भारतीय बजारमा १४ देखि १८ लाख भारुसम्म मूल्य हुने अनुमान

नयाँ रेनो डस्टर लन्च गरिने, भारतीय बजारमा १४ देखि १८ लाख भारुसम्म मूल्य हुने अनुमान

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । दक्षिण अफ्रिकामा आयोजित एक कार्यक्रममा रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीको यो नयाँ डस्टर मार्च २०२५ मा दक्षिण अफ्रिकामा लन्च हुनेछ।

हेडल्याम्प, क्ल्याडिङ, साइड प्रोफाइल र टेलल्याम्प ड्यासियासँग मिल्दोजुल्दो योे डस्टरमा राइट ह्यान्ड ड्राइभ संस्करणको इन्टेरियर लेआउट र प्रविधि दिइएको छ । यो भारतमा उपलब्ध पुरानो डस्टरको तुलनामा फरक देखिन्छ ।

नयाँ रेनो डस्टरमा १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल हाइब्रिड र १.६ लिटर पेट्रोल हाइब्रिड इन्जिन रहेको छ । सो इन्जिनका साथै नयाँ डस्टरमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन पनि हुनेछ ।

नेपाली बजारमा पनि यसको बिक्री भएको थियो । भारतीय बजारमा सन् २०१२ मा रेनो डस्टर ल्याइएको थियो । तर नयाँ उत्सर्जन मापदण्ड पूरा नगर्दा यसको बिक्रीमा कमी आयो र सन् २०२२ मा भारतमा यसलाई बन्द गरिएको थियो । यद्यपि कम्पनीले फेरि एकपटक डस्टरलाई भारतमा ल्याउने भएको छ ।

भारतीय बजारमा नयाँ रेनो डस्टर लन्च भएमा यसको मूल्य करिब १४ लाखदेखि १८ लाख भारुसम्म हुने अनुमान गरिएको छ । अब अद्यावधिक भएर आउने नयाँ रेनो डस्टर नेपाली बजारमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।

Skip This
Skip This
Logo