भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतका लागि नेपाली आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।

कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको थियो । यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भए पनि नेकपाभित्रै विवाद भएपछि आचार्य सिफारिसमा परेका थिए ।

Logo