८० हजार किलोमिटर वारेन्टीसहित आयो एथर स्कुटर, कति गर्नुपर्छ अतिरिक्त भुक्तानी ?

८० हजार किलोमिटर वारेन्टीसहित आयो एथर स्कुटर, कति गर्नुपर्छ अतिरिक्त भुक्तानी ?

केन्द्रबिन्दु
144
Shares

काठमाडौँ । नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको विद्युतीय स्कुटर निर्माता एथरले अब आफ्नो ब्याट्री प्याकहरूमा ८ वर्ष अर्थात् ८० हजार किलोमिटरको विस्तारित वारेन्टी प्रदान गर्ने भएको छ ।

हाल उपलब्ध गराउँदै आएको ५ वर्ष अर्थात् ६० हजार किलोमिटर वारेन्टीलाई बढाएर कम्पनीले प्रो प्याक रोज्ने ग्राहकहरूलाई मात्र उपलब्ध हुने गरी यो स्किम ल्याएको हो ।

जसका लागि ग्राहकले ५ हजार भारु अतिरिक्त भुक्तानी गर्नुपर्ने जनाइएको छ । प्रो प्याक योजनाले ब्याट्रीको गहिरो डिस्चार्जलाई कभर गर्ने र ८ वर्ष सम्मका लागि ब्याट्री हेल्थ ७० प्रतिशत आश्वासन गर्नेछ ।

इ–स्कुटरको आधारमा प्रो प्याकको लागत रु १३ हजारदेखि २० हजार भारुसम्म कायम गरिएको छ । उक्त प्याकका लागि यसअघि ८ हजारदेखि १५ हजार भारुसम्म भुक्तानी गरेर ५ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी पाउन सकिन्थ्यो ।

प्रो प्याकले ग्राहकलाई थप राइडिङ मोड, गाइड–मी–होम लाइट, कोस्टिङ रेजेन, नेभिगेसन, चोरी सूचनाहरू, सवारी तथ्याङ्कहरू र अन्तर–शहर पार्किङ जस्ता सुविधाहरूमा पहुँचसमेत दिने जनाइएको छ । भारतमा जस्तै नेपालमा पनि यसको विस्तारित वारेन्टी सेवा लागू हुने अनुमान गर्न सकिन्छ ।

नेपालमा वैद्यज इनर्जीले यो ब्रान्डलाई बिक्रीवितरण गर्दै आएको छ ।

Logo