गुण्डा नाइके राजु गोर्खाली पक्राउ, व्यापारीलाई धम्की दिएको आरोप

गुण्डा नाइके राजु गोर्खाली पक्राउ, व्यापारीलाई धम्की दिएको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको सिंहको भनाई छ ।

चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । तर, पछिल्लो समय उनी सो जिम्मेवारीबाट हटेको बताइएपनि व्यापारीलाई धम्क्याउन भने नछाडेको प्रहरीको भनाई छ ।

अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए ।

Logo