विराटनगर । विराटनगरमा पनि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको जस्तै घटना घटेको छ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया गुडिया भनिने रुपमती दासको हत्या भएको एक साता वितिसकेको छ । एकसातासम्म प्रहरीले घटनाको गहिराईसम्म पुग्न सकेको छैन् । उनको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भईसकेको छ ।
प्रहरीले भने हत्यामा संलग्न रहेको आशंका दुई जना पक्राउ परेको जनाएको छ । तर प्रहरीको आधिकारिक निकायले भने अनुसन्धान भईरहेको र पक्राउ पर्ने र छुट्ने क्रम जारी छ ।
एक साता लामो अनुसन्धानपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । प्रहरीले घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको हो । आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यसअघि पनि पटक÷पटक पक्राउ परेका थिए ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर ल्याए पनि प्रमाण पु¥याउन नसकेपछि छाड्ने र फेरि पक्राउ गरेर सोधपुछका लागि ल्याउने गरिरहेको थियो । प्रहरीले यस घटनाको अनुसन्धानका क्रममा शंकास्पद भन्दै ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।
अभियुक्त पक्राउ परेको स्रोतको दाबी, अनुसन्धान भईरहेको एसपीको भनाईः
प्रहरीले अनुसन्धानका लागि गरेको चौथो पटकको प्रयासपछि घटनामा अन्सारी र महतोकै संलग्नता पुष्टि भएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले लागू औषध प्रयोगकर्ता रहेका दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाए । उनीहरुले लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको बयान दिएको एसपी केसीको भनाई छ ।
तर निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा पनि प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई पक्राउ गरेर अभियुक्त बनाएको थियो । पछि डिएनए परीक्षणबाट उनी निर्दोष ठहरिएका थिए । अहिलेको रुपमतीको घटनामा पनि यस्तै हुने स्थानीयको भनाई छ । प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको र यो घटनाले पनि निर्मला काण्डकै स्वरुप लिने उनीहरुको भनाई छ ।
स्थानीय आन्दोलितः
घटनाको एक सातासम्म दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासिन्दा आन्दोलित बनेका थिए । उनीहरुले शनिबार विराटनगरमा प्रदर्शन पनि गरेका थिए । तर स्थानीय बासिन्दा आन्दोलित बनिरहँदा घटनाका दोषी पक्राउ गरेर चुरोसम्म पुगिसकेको प्रहरीले वास्तविकता भने बाहिर ल्याइरहेको थिएन ।
एसपी केसीले घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको भन्दै मेहनत गरे अनुसार राम्रै प्रगति हुँदै गएको बताए । उनले भने, ‘घटना भएपछि रात दिन नभनी अनुसन्धानमा प्रहरी खटिएको थियो ।’
रुपमतीका बुवा रामप्रसाद ठेला चलाउँछन् भने आमा मुन्नीदेवी ज्यालामजदुरी गर्छिन । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको थियो । मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार दिउँसो (माघ १३ गते) निवश्त्र अवस्थामा रुपमतीको शव फेला परेको थियो ।
सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि लगभग पाँच सय मिटर पर रहेकोको खोलाको डिलको चौरमा पुर्याएपछि बलात्कार गरिएको अनुसन्धानबाट खुल्न आएको छ । बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेका थिए । एक अनुसन्धान अधिकृतका अनुसार घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भएको थियो ।
‘घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भयो,’ उनले भने, ‘बलात्कार गरिरहेकै बेला त्यहीँ छेउमा रहेको बाटो हुँदै राति ९ बजेतिर एक वृद्धा हिंडेको देखेपछि आफूहरु भएतिरै आएको आशंका गरेर उनीहरुले रुपमतीलाई बगिरहेको खोलाको पानी भित्र हालिदिएर हिँडेको खुलेको छ ।’































प्रतिक्रिया