भरतपुरमा धुर्मुस-सुन्तलीको भव्य स्वागत, विमानस्थलबाटै नगर परिक्रमा

भरतपुरमा धुर्मुस-सुन्तलीको भव्य स्वागत, विमानस्थलबाटै नगर परिक्रमा

केन्द्रबिन्दु
0
Shares

भरतपुर । भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ। भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेसँगै भव्य स्वागत गरिएको हो ।

उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो।

उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए।

उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्‍याली गरेका थिए। बाजागाज र भजन पनि सडकमा देखिएको थियो।

आज रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो ।

Skip This
Skip This
Logo