चार्जिङ स्टेशन निर्माणमा अग्रणी सीजी मोटर्स, थप १०० वटा बनाउने लक्ष्य

चार्जिङ स्टेशन निर्माणमा अग्रणी सीजी मोटर्स, थप १०० वटा बनाउने लक्ष्य

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले विद्युतीय सवारी (ईभी) को बिक्रीसँगै चार्जिङ स्टेशनको विकासलाई निकै प्राथमिकता दिएको छ । कम्पनीले नेपालमा ईभीको प्रयोग बढ्दै गएको विषयलाई मध्यनजर गर्दै चार्जिङ स्टेशनको निर्माणलाई तीव्रता दिँदै आएको हो ।

विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्नुका साथै पूर्वाधार विकासलाई समेत जोड दिँदै आएको बताइएको छ ।

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिलेसम्म कम्पनीले देशका विभिन्न स्थानमा दुई सय बढी चार्जिङ स्टेशनको निर्माण गरिसकेको बताए । कम्पनीले तयार गरेको सीसीएस२ र जीबीटी चार्जिङ पोइन्टहरू उच्च क्षमताको रहेको बताइएको छ ।

नेपालमा आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदि ब्रान्डका ईभी गाडीको बिक्री गर्दै आएको सीजी मोटर्सले चार्जिङ स्टेशनको निर्माणमा लगानी बढाइराखेको छ ।

‘नेपालीमा सबै भन्दा धेरै चार्जिङ स्टेशन निर्माण गर्ने कम्पनी सीजी मोटर्स हो, अहिले सीजीकाे देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ, बनाउने क्रम पनि जारी छ, यसले यातायात सञ्चालनमा थप सहजता ल्याउने हाम्रो विश्वास छ,’ उनले भने ।

सीजी मोटर्सले थप सय बढी स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्य रहेको पनि चौधरीले जानकारी दिए । नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क तयार गरेको सिजी मोटर्सले गुणस्तर सेवालाई निरन्तरता दिँदा आफ्नो ब्रान्डकाे छविलाई निरन्तर उचाइमा पुर्याइरहेको छ ।

यो कदम इलेक्ट्रिक गाडीहरूको प्रयोग बढाउन र वातावरणमैत्री यातायातको प्रवर्धन गर्नका लागि महत्त्वपूर्ण हुने कम्पनीले बताएको छ । इलेक्ट्रिक गाडीहरूको चार्जिङलाई सहज बनाउने उद्देश्यले तयार गरिएको उक्त स्टेशनले गाडी मालिकलाई सहजता र द्रुत चार्जिङ सेवाहरू उपलब्ध गराउनमा मद्दत पुर्याउने कम्पनीको भनाइ छ ।

चौधरीले विद्युतीय सवारीको पूर्वाधार बढ्दा इलेक्ट्रिक गाडीहरूको प्रयोगमा थप प्रोत्साहन मिल्ने बताउँदै नेपालको पर्यावरणीय नीति र हरित ऊर्जा योजनामा पनि योगदान पुर्याउने बताए ।

यति मात्र नभई कम्पनीले सेवाग्राहीको सहजताको लागि ‘सीजी केयर्स सेवा’ पनि सुरू गरेको छ । जसअन्तर्गत हटलाइन नम्बरमार्फत सडक सहायता उपलब्ध गराइने कम्पनीको भनाइ छ । नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरू रहेको सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।

Logo