छुमन्तर गरेर विकास हुँदैन : प्रधानमन्त्री

छुमन्तर गरेर विकास हुँदैन : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

सिरहा

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अगाडि बढेको बताएका छन् । शनिबार सिरहा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

तत्कालीन एमाले सिरहाका नेता तथा पूर्वसांसद स्वर्गीय हेमनारायण यादवको १५ औँ स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ सरकारले काम अगाडि बढाएको उल्लेख गरे । व्यवहारिक रुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको दाबी उनको छ ।

बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रमको लागि प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाइसकेको उनले जानकारी दिए ।

‘देश विकासको बाटोमा लागेको छ । यसमा परिणाम आउन केही समय लाग्छ । छुमन्तर गरेर विकास हुँदैन,’ प्रम ओलीले भने, ‘केही सयममै विकास देखेर विपक्षी पनि छक्क पर्नेछ ।’

सरकारले प्रत्येक युवालाई वर्षको कम्तिमा एक सय दिन रोजगार दिने, रोजगार दिन नसकेकालाई बेरोजगार भत्ता दिने निर्णय गरेको ओलीले प्रष्ट पारे । ओलीले भने, ‘त्यसको लागि सरकारले प्रक्रिया अगाडी बढाएको छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo