काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका हुन् ।
सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रशंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार भने आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गरेका हुन् ।
ि
चकित्सक डा. अरुण सायमिले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिएका हुन् । साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताए ।
साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताए । सायमिको आत्मकथा मेरो जीवन कथामा केही त्यस्ता प्रसंग पनि भएको टिप्पणी उनले गरे ।





























प्रतिक्रिया