बाँसको झ्याङमा भेटियो सात क्विन्टल लसुन

बाँसको झ्याङमा भेटियो सात क्विन्टल लसुन

केन्द्रबिन्दु
30
Shares

झापा । मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसको झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।

बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

सवारी दुर्घटनामा मृत्यु

पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललितबहादुर थापाको मृत्यु भएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo