सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण शीर्ष स्थानमा कायमै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् ।

उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य रराहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाईबलियो बनाएका छन्।

एमेच्योरद्वय सदभाव र राहुल ५४-होलको समाप्तिमा ७-अन्डर २०९को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। गोकर्ण गल्फ क्लबमाआज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले।६-अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए । राहुलले२-अन्डर ७० को स्कोर दर्ज गरे।

धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोडे। समग्रमा४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बरएक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गरे। योप्रदर्शनमा उनी समग्रमा १-अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे। जयराम श्रेष्ठले आज १-अन्डर ७१ को स्कोरमा, समग्रमा इभन-पार२१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन्।

समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे । रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए।राजेन्द्रले २-ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिललेबिर्सनलायक ९-ओभर ८१ को स्कोर निकाले । यो स्कोरमा उनी पाँच स्थान तल झरे ।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे । ६ होल सकिंदा ४-अन्डर स्कोरगरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३३ मासकाए । तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२औं, १५औं र १६औं होलमा एक-एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए। तरपनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४स्ट्रोकमा पुर्याएका छन्।

Logo