काठमाडौँ । काठमाडौँ विश्वविद्यालयलका विद्याथीहरुको संस्था एसोसिएशन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टू–कार्ट्स ‘ को तयारी पूरा गरेको छ ।
काठमाडौँ विश्वविद्यालयलका विद्याथीहरुको इनोभेटिभ अभियान अभियान्ता ‘२४ नामक वार्षिक फ्लागसिप कार्यक्रमको सन्दर्भमा हुने उक्त ईभेन्ट नेपाल अटोमोबाइल्स एसोसिएशनको ‘कलेज टु कार्ट्स’ इभेन्टसँग समन्वय गरिएको राष्ट्रिय इभेन्ट हो ।
उक्त कार्यक्रम धुलिखेलको हिमालयन मोटरल्याण्डमा हुने र सो कार्यक्रमको सहभागिहरुको ट्रेनिंग तथा ओरेन्टेशन काठमाडौँ विश्वविद्यालयलको सभा हलमा हुने भएको छ । उक्त ओरेन्टेशनमा कार्ट्सको डिजाइन तथा सुरक्षा विधि, प्रतियोगिताको नियमहरु, मर्शलिंग विधि, तथा राष्ट्रिय मोटो स्पोर्ट्सको ड्राइभरको प्रशिक्षण, लाइसेन्सिंग तथा महिला कार्ट्स ड्राइभरको लागि छुट्टै प्रशिक्षण समेत दिइनेछ । जसले आगामी महिना धुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागिताको अवसर पाउने छन् ।
ईभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिङ कलेजका सातवटा टिम र उनीहरुले तयार गरेका कार्ट्सहरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सात जना गरी जम्मा ४९ विद्यार्थीहरुको सहभागीता रहने जनाइएको छ । जसको एक विजयी उत्कृष्ट खेलाडीले आगामी वर्ष श्रीलंकामा हुने एसिया प्यासिफिक मोटो स्पोर्ट च्याम्पियनसिपमा नासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् ।
सम्बन्धित कलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बरसँग समेत प्रतिस्पर्धा गर्ने छन् । जसबाट प्रत्येक कलेजको विजेता समेत घोषणा गरिने छन् ।
विद्यार्थीहरुले सो ईभेन्टमा आ–आफ्नो विज्ञता र कौशलता अनुरुप सीप, डिजाइन, सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्रने भएका छन् । सरकारी ड्राइभिंग तथा राइडिंग लाइसेन्स प्राप्त सहभागीहरुले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा सहभागी हुन सक्ने छन्, जहाँ उनीहरुले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागी हुन सक्ने छन् ।
सानीमा हाइड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजित तथा सहकार्य रहेको सो इभेन्ट नासा नेपालमा समेत आवद्धता रहेको छ । सो इभेन्टको कुल पुरस्कार राशी नगद एक लाख रुपैयाँ रहेको छ ।
नेपालमा नौलो र चुनौतीपूर्ण मानिएको मोटो स्पोर्ट्स विधामा काठमाडौँ विश्वविद्यालयल तथा विभिन्न इन्जिनियरिङ कलेजहरुका विद्यार्थीको उत्साह, क्रियाशीलता र प्रत्यक्ष सहभागिताले नयाँ इनोभेटिभ कार्यमा थप मद्दत पुग्नुका साथै नेपाली मोटो स्पोर्ट्स नयाँ उचाइमा पुग्ने विश्वास काठमाडौँ विश्वविद्यालयलका विद्यार्थी तथा आयोजक संस्थाका सचिव स्वीकार कोइरालाले बताएका छन् ।































प्रतिक्रिया