न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिल काठमाडौंमा

न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिल काठमाडौंमा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । न्युजिल्यान्डका चर्चित क्रिकेटर मार्टिन गप्टिल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करण गर्न नेपाल आइपुगेका छन् ।

शनिबारदेखि टीयु मैदानमा सुरु हुने एनपिएलमा गप्टिल विराटनगर किंग्समा आबद्ध छन्। उनलाई त्रिभुवन विमानस्थलमा विराटनगरका प्रतिनिधिले स्वागत गरेका थिए । उनले पनि आफू काठमाडौं आइपुगेको इन्स्टाग्राममा पोस्ट गरेका छन्।

न्यूजिल्यान्डका पूर्वओपनिङ ब्याटरसमेत रहेका गप्टिल टी–२० फम्यार्टमा खतरनाक मानिन्छन्। सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन्। विराटनगरको ब्याटिङ धेरै हदसम्म गुप्टिलमा निर्भर हुनेछ ।

विराटनगरले एनपिएलमा उद्घाटन खेल खेल्दैछ। उसले शनिबार हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ। विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन्।

Skip This
Skip This
Logo