नेपालबाट चार आईसीटी कम्पनी एपिक्टा अवार्ड्समा सहभागी हुने

नेपालबाट चार आईसीटी कम्पनी एपिक्टा अवार्ड्समा सहभागी हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ मा सहभागी हुँदै छन्।

नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरूले एपिक्टा अवार्ड्स २०२४ मा सहभागी जनाउने भएका हुन् ।

अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदै छ । नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचनाप्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मद्दत गर्ने विश्वास रहेको छ ।

एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो । यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनीबीच प्रतिस्पर्धा हुनेछ ।

एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरू यी हुन्ः
● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)
○ फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा. लि.)
○ सेकुरिटी सोल्युसन्स
● ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)
○ प्रफेशनल सर्भिसेज सोल्युसन्स
● एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)
○ गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

Skip This
Skip This
Logo