सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

केन्द्रबिन्दु
156
Shares

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo