ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ताप्लेजुङ सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो।
सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचोकमा पुगेर पुत्ला जलाएको हो ।
कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष विश्व नाल्बोले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेको आरोप लगाए ।































प्रतिक्रिया