प्रचण्डको टिप्पणी र सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन : भेनेजुयलामा उत्पन्न संकट

प्रचण्डको टिप्पणी र सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन : भेनेजुयलामा उत्पन्न संकट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

भेनेजुयलामा उत्पन्न संकटबारे नेपाल सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन । भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष मध्येका एक पुष्पकमल दाहालले कडा टिप्पणी गेरेका थिए ।

त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरेपनि अमेरिका आश्वस्त हुन नसकेको कूटनीतिक स्रोत बताउँछ । सत्तारुढ दल नेकपाको विज्ञप्तिबाट चिढिएको अमेरिका सरकारको लचिलो धारणा आएपछि आश्वस्त हुने अनुमान गरिएको थियो ।

‘भेनेजुयलाको संकट त्यहाँको आन्तरिक मात्र होइन अन्तर्राष्ट्रिय पनि हो’, कूटनीतिक स्रोत भन्छ । भेनेजुयलाको आर्थिक सामाजिक र संगठनात्मक अवस्था भताभुंग हुँदा त्यसले क्षेत्रीय मानवीय संकट उत्पन्न गराइरहेको अन्तर्राष्ट्रिय समुदायको भनाइ छ । त्यहाँ उत्पन्न संकटबारे क्षेत्रीय शक्ति अमेरिका लगायत मुलुकले बोले पनि नेकपाले अनावश्यक टिप्पणी गरेको स्रोत बताउँछ ।

भेनेजुयलामा निर्वाचित राष्ट्रपतिलाई मान्यता नदिएर त्यहाँको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेकपाले अमेरिका लगायत पश्चिमा मुलुकको निन्दा गरेको थियो । नेकपा अध्यक्ष दाहालले अघिल्लो शुक्रबार विज्ञप्ति जारी गरी अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याउन खोजेको र स्वघोषित राष्ट्रपतिलाई मान्यता दिएर निर्वाचित राष्ट्रपतिविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका थिए । दाहालको विज्ञप्तिप्रति नेपालस्थिति अमेरिकी दूतावासले गम्भीर चासो देखाएको थियो ।
नागरिकबाट

Logo