काठमाडौँ । लामो समयदेखि क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत ‘जेजे माग्छौ माग’ सार्वजनिक गरेका छन् ।
गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ । गीतमा लय र शब्द राजकुमार बगरको रहेको छ भने संगीत संयोजन केशव बडूले गरेका छन् ।
गीतको भिडिओ गायक बुद्धिले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडिओमा मोडल सुधीर श्रेष्ठ र जुना विश्वकर्माको अभिनय छ । रेशम धर्नालीले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडिओमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ ।
गायक बुद्धिले यस गीतको रेकर्ड क्यानडामै गरिएको जानकारी दिए । ‘यो गीतको मेरो पार्ट मैले यतै क्यानडामै गरेको हुँ । अन्य अडियो र भिडिओको काम नेपालमै भएको हो ।’ बुद्धिले भने । ‘परदेशमा रहे पनि आफ्नो इच्छा छ र आफूमा प्रतिभा छ भने गीत रेकर्ड बाहिर पनि गर्न सकिन्छ भन्ने सन्देश पनि दिन चाहन्छु ।’
गायक बुद्धिले अहिलेको पुस्ता विशेषगरी धेरै देश बाहिर रहेको र नेपाली गीतसंगीत त्यो पनि मौलिक गीतप्रतिको रूची घट्दै गएकोले युवापुस्ताको ध्यान यस किसिमका गीतमा जावस् भन्ने सन्देश दिन खोजेको बताएका छन् ।
बुद्धि नेपाली गीतसंगीतमा लामो समयदेखि सक्रिए छन् । सिडी, क्यासेटको समयमा पशुपति क्यासेट सेन्टर सन्चालन गरेका बुद्धिले पछिल्लो समय गीत गायनमा सक्रिएता देखाएका छन् । उनले लोकपप गीत हुँदै दर्पण छायाँ, घाम पानी, दाउरीसँगै अहिलेसम्म ५ वटा गीतमा स्वर दिइसकेका छन्





























प्रतिक्रिया