काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको उद्घाटन खेल हेर्न नसक्ने बताएका छन् ।
उनले आफू चीन भ्रमणमा जानु पर्ने भएकाले कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नसक्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ । एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् । आफू खेल हेर्न जान नपाए पनि सबै खेलाडीलाई सम्झिएको छु ।’
एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगरबीच प्रतिस्पर्धा हुँदै छ ।





























प्रतिक्रिया