विराटनगरलाई दोस्रो झट्का, अकिब इल्यास पनि आउट

विराटनगरलाई दोस्रो झट्का, अकिब इल्यास पनि आउट

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टसलाई दोस्रो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर बलिङमा उत्रिएको जनकपुरले विराटनगर किङ्सविरुद्ध दोस्रो विकेट लिएको हो । विराटनगरका अकिब इल्यास आउट भएका हुन् । नवौं ओभरको दोस्रो बलमा उनी १५ रन बनाउँदै आउट भएका हुन् । १८ बल खेले तर, सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । उनको विकेट जनकपुरका मोहसिनले लिएका हुन् ।

हाल विराटनगर २ विकेटको क्षतिमा ५३ रन जोडेर खेलिरहेको छ । क्रिजमा मार्टिन गप्टिल छन् ।

Logo