टियू मैदानमा खेल हेरिरहेका क्रिकेटप्रेमी के भन्छन् ?

टियू मैदानमा खेल हेरिरहेका क्रिकेटप्रेमी के भन्छन् ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपीएल) लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान दर्शकहरुले खचाखच छ ।

सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरु हुनु तीन घण्टाअघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए ।

खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नु छ । विश्वचर्चित खेलाडीहरुको आगमनले एनपीएलको क्रेज थप बढेको छ । नेपाली क्रिकेटप्रेमीहरु विशेषगरी स्टार खेलाडीहरुको समर्थनमा मैदानमा आएको प्रतिक्रिया दिएका छन् ।

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

यता, विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विश्वभरका फ्रेन्चाइज लिगको अनुभव बटुलेका कप्तान लामिछानेप्रति दर्शकहरुको क्रेज तुलनात्मक रुपमा बढी देखिएको छ ।

मैदान परिसरमा भेटिएका दर्शकहरुले टिम र खेलाडीका बारेमा प्रतिक्रिया दिएका छन् । मैदान परिसरमा भेटिएका दर्शक संजिता नेपालले विरानगरको समर्थनका लागि खेल हेर्न आएको प्रतिक्रिया दिए ।

‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ । टिममा प्राय लोकल खेलाडीहरु भएका हुनाले उहाँहरुले राम्रो खेल्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

अर्का दर्शक विवेक धितालले विराटगरको समर्थनमा आएको प्रतिक्रिया दिए । ‘म विराटनगरलाई सपोर्ट गर्न आएको हुँ तर टिकटबारे अन्योलता छ । टिकट कहाँबाट लिने हो कहाँबाट हेर्ने हो केही थाहा छैन,’ उनले भने,‘जे होस म क्रिकेटको ठूलो फ्यान हुँ ।’

जनकपुरको समर्थनमा आएका ऋषि कुमार महतोले टिममा धेरै राम्रा खेलाडीहरु रहेको प्रतिक्रिया दिए । उनी भन्छन्,‘सबैले जनकपुरलाई सपोर्ट गरिदिनुहोला ।’ मैदानमा भेटिएका अधिकांश क्रिकेटप्रेमीहरुले सन्दीप लामिछाने आवद्ध विराटगरप्रति सहानुभूति देखाएका थिए ।

Logo