२०८१ मंसिर १६ देखि २२ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुहाेस् । हामीले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय प्रयाेग गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
यो साता कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ । साझेदारीमा सावधान रहनुहोस्। पुराना मतभेदहरू समाधान गर्ने यो उपयुक्त समय हो। यो साता तपाईका लागि नयाँ सुरुवात र ऊर्जा ल्याउनेछ। कार्यस्थलमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। महत्वपूर्ण कार्यमा सफलता मिल्न सक्छ ।
साताको प्रारम्भमा मेष राशिका व्यक्तिहरूले केही ठूला समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। यस समयमा तपाईंका शत्रुहरू पनि सक्रिय हुन सक्छन्। तसर्थ, तिनीहरूबाट सावधान रहँदै काम गर्नुहोस्, किनभने तिनीहरूले तपाईंको काममा बाधा पुर्याउने प्रयास गर्न सक्छन्।अरुको मामिलामा अनावश्यक हस्तक्षेप नगर्नु होला । अनावश्यक खर्चका कारण आर्थिक चिन्ता पनि बढ्नेछ । व्यापार व्यावसायको दृष्टिले समय धेरै शुभ रहनेछ । कसैसँग कुनै पनि वाचा नगर्नुहोस् जुन पूरा गर्न कठिनाइ हुनेछ।
तपाईले यो साता नयाँ करियरको अवसर पाउन सक्नुहुन्छ । पदोन्नति वा नयाँ कामको लागि प्रयास गर्नुहोस्। नयाँ घर किन्ने विचार गर्न सक्नुहुन्छ ।
उपाय- हरेक दिन हनुमान चालिसा पाठ गर्नुहाेस् ।
वृष राशि
यो साता योजनाहरु पुरा गर्ने प्रयास हुनेछ । घरायसी जिम्मेवारीमा धेरै व्यस्त रहनुहुनेछ । व्यापार व्यवसायमा लाभदायक अवस्था रहनेछ । आम्दानी बढ्ने सम्भावना छ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ । घरमा शुभ कार्यक्रमको योजना बन्नेछ।
साताको प्रारम्भमा तपाईंले केही मामिलामा निर्णय लिएर आफ्नो समय र शक्तिको बुद्धिमानी सदुपयोग गर्नुपर्नेछ । यसो भयो भने सोचेभन्दा बढी सफलता मिल्न सक्छ।यो साता तपाईंका लागि स्थिरता र सद्भावपूर्ण रहनेछ । आर्थिक स्थिति बलियो रहनेछ र कुनै पनि लगानीबाट लाभ प्राप्त हुने सम्भावना छ। आफ्नो काममा केन्द्रित रहनुहोस्, तपाईंको प्रयासले सकारात्मक परिणाम ल्याउनेछ।
कतिपयले ठूलो खर्च पनि बेहोर्नु पर्ने हुनसक्छ । विलासी जीवनमा ठूलो रकम खर्च गर्न सकिनेछ। सम्पति वा वाहन आदिको सुख मिल्नेछ । साताको मध्यमा तपाईंले करियर वा व्यवसायको लागि अचानक यात्रा गर्नुपर्ने हुन सक्छ । सावधानीपूर्वक सवारी साधन चलाउनुहोस् अन्यथा चोटपटकको सम्भावना छ।
उपाय- ॐ नम शिबाय १०८ पटक दैनिक जप गर्नुहाेस् ।
मिथुन राशि
याे साताको सुरुवात शुभ रहेको छ । जुनसुकै क्षेत्रमा मन लगाएर प्रयास गर्नुहोस्, त्यस क्षेत्रमा अपेक्षित सफलता र लाभ मिल्नेछ । घर तथा बाहिर आफन्तबाट साथ र सहयोग प्राप्त हुने देखिन्छ। योजनाबद्ध कार्य समयमै सम्पन्न हुनाले उत्साह बढ्नेछ।
रोजगारी भएका व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । विचाराधीन योजनाहरू फेरि सुरु हुन सक्छ। तपाईंको प्रेमीसँग विवाहबारे छलफल गर्न सक्नुहुन्छ । रचनात्मक कार्यमा विशेष रुचि रहनेछ। व्यापारमा ठूलो सफलता मिल्नेछ । कमिशन सम्बन्धी व्यवसायमा सफलता मिल्नेछ । मानिसहरूले तपाईंको सकारात्मक स्वभावको प्रशंसा गर्नेछन्।
यो साता तपाईंका व्यस्तता र चुनौतिहरू थपिनेछ । काम धेरै हुन सक्छ, तर तपाईको आत्मविश्वासले तपाईलाई हरेक परिस्थितिमा सफल बनाउनेछ। विवादित विषयबाट टाढा रहनुहोस्। शत्रुहरूले तपाईंको बारेमा भ्रामक समाचारहरू फैलाउने प्रयास गर्न सक्छन्।
उपाय- ॐ गम गणपताय नम १०८ नियमित जप गर्नुहाेस् ।
कर्कट राशि
यो साताको प्रारम्भिक भाग यात्राको लागि सुखद रहनेछ । यो साता जग्गाजमिन सम्वन्धी मामिलामा समाधान हुनेछ । तपाईंले नयाँ सम्पत्ति खरिद गर्ने विचार गर्न सक्नुहुन्छ । व्यक्तित्व सुधार गर्ने प्रयास हुनेछ। पारिवारिक आम्दानी बढ्नेछ।
साताको मध्यमा नयाँ व्यापारको योजना बनाउन सकिनेछ।यो साता नयाँ परियोजनाहरू उपलब्ध हुन सक्छ । कुनै शुभ कार्यको योजना बन्न सक्छ । अनावश्यक खर्चबाट बच्नुहोला । साझेदारीमा सावधान रहनुहोस् आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस्।
कार्यस्थलमा तपाईंको मान सम्मान बढ्नेछ। साताको सुरुवात तपाईंका लागि मिश्रित रहनेछ । सुख र दु:ख दुवै बराबर मिल्नेछ । यदि तपाईंले लामो समयदेखि आफ्नो व्यवसायलाई अगाडि बढाउने योजना बनाउनुभएको थियो भने, तपाईंले साताको अन्त्यमा विशेष सफलता पाउन सक्नुहुन्छ । व्यापारमा लाभ हुने संकेत देखिन्छ ।करियर होस् वा ब्यापार, कुनै पनि ठूला निर्णय लिँदा हतार गर्नबाट जोगिनु पर्नेछ। यो साता तपाईको आमाको स्वास्थ्य तपाईको लागि चिन्ताको विषय बन्न सक्छ।
उपाय- ॐ नम शिबाय नियमित १०८ जप गर्नुहाेस् । सोमबार शिवलिङ्गमा जल चढाउनुहोस् ।
सिंह राशि
यो साता काममा उत्साह रहनेछ, व्यावसायिक जीवनमा स्थिरता रहनेछ । आर्थिक स्थिति बलियो हुनेछ । आर्थिक लाभको राम्रो अवसर मिल्नेछ, अनावश्यक विवादबाट बच्नुहोला । यो साता रोकिएका काम सुचारु हुन सक्नेछन् । सामाजिक कार्यमा भाग लिनु हुने छ । बहुराष्ट्रिय कम्पनीमा काम गर्ने व्यक्तिले उच्च पद पाउन सक्छन्। कार्यालयको काम धैर्यतापूर्वक गर्नुपर्छ । पुरानो घरमा पुनर्निर्माणको काम गर्न सकिन्छ।
यो साता सफलताको नयाँ अवसर मिल्नेछ। पदोन्नतिको सम्भावना छ । व्यापारमा विस्तार हुने सम्भावना छ ।यो साता यस राशिका व्यक्तिहरूले आर्थिक उतार-चढावका कारण बेचैनी महसुस गर्नेछन्। हरेक पटक मनमानीका कारण घाटा हुने सम्भावना रहन्छ । पैसा खर्च गर्दा सही कुरामा खर्च गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुस् नत्र पछुताउनु पर्नेछ ।
मनपर्ने काम प्राप्त भएता पनि आर्थिक पक्षलाई मजबुत बनाउन थप मिहिनेत गर्नुपर्नेछ । आफ्नो पार्टनरसङ कुनै पनि कुरा लुकाउने प्रयास नगर्नुहोस्। यात्रा गर्दा सावधान रहनुहोस्। मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । आफ्नो खानपानमा पर्याप्त ध्यान दिनुहोस्।
उपाय: ॐ घृणि सूर्याय नमः १०८ पटक जप गर्नुहाेस् । सुर्यदेबलाई जल चढाउनुहाेस् ।।
कन्या राशि
यो साता निकै शुभ रहनेछ । कार्यस्थलमा तपाईंको सक्रियता बढ्नेछ । साथीभाइको सहयोगमा केही महत्त्वपूर्ण काम थाल्न सकिनेछ । सरकारी काममा सफलता मिल्नेछ । नयाँ परियोजनामा पैसा लगानी गर्न सकिनेछ । आवश्यक कार्य समय अगावै सम्पन्न हुनेछन् । तपाईलाई कतैबाट अचानक ठूलो धनराशि प्राप्त हुन सक्छ । व्यवसाय विस्तार गर्ने सोचमा हुनुहुन्छ भने यो काम पुरा हुनेछ । बजारमा प्रतिष्ठा प्राप्त हुनेछ। शक्ति र सरकारको निकटताको फाइदा उठाउन सफल हुनुहुनेछ।
घर जग्गा सम्बन्धी समस्याहरू समाधान गर्न तपाईंले धेरै दौडधुप गर्नुपर्ने हुन सक्छ। काममा कठिनाइका कारण निराश महसुस भए पनि आफन्तजनको सहयोग र सौभाग्यले ठूलो सफलता हात पार्न सकिनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । खर्चको बोझ कम हुनेछ र आम्दानीका स्रोतहरू बढ्नेछन्। रोजगारीका लागि थप आम्दानीका स्रोतहरू हुनेछन्। संचित धन बढ्नेछ । तपाईंको मानसिक शान्ति भंग हुनेछ र तपाईंको मन अरुप्रति शंका रहनेछ।
उपाय- ॐ गम गणपताय नमः नियमित १०८ जप गर्नुहाेस् ।
तुला राशि
यो साता सद्भाव र सन्तुलन ल्याउनेछ। रोकिएका कामले गति लिनेछ । योजनाबद्ध कार्यहरू नयाँ उर्जाका साथ सम्पन्न गर्नुहुनेछ । आफ्नो बु बुद्धिले सबै समस्याको समाधान खोज्न सफल हुनुहुनेछ। जग्गा, भवन, सवारी साधन आदि खरिदका लागि यो साता शुभ रहनेछ । तपाईं नयाँ विधाका प्रयोगहरू सिक्न रुचि राख्नुहुनेछ। विद्यार्थीहरूले उच्च शिक्षाको उत्कृष्ट अवसर प्राप्त गर्न सक्छन्।
साताको मध्यमा महत्वपूर्ण व्यापारिक यात्रा हुन सक्छ। आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ। तपाईंको सामाजिक प्रतिष्ठा बढ्नेछ। समाजमा उच्च र सम्मानित व्यक्तिहरूसँग सम्पर्क हुनेछ। सम्बन्धको दृष्टिकोणले यो साता तपाईंका लागि अनुकूल साबित हुनेछ। कार्यस्थलमा तपाईंको रचनात्मक विचारको प्रशंसा हुनेछ । ऋण पाएकाले पैसाका कारण रोकिएका कामलाई अगाडि बढाउन सकिनेछ, परिवारको अनुमतिबिना सम्बन्धसम्बन्धी कुनै निर्णय नगर्नुहोस् । मेडिकल विद्यार्थीहरूले आफ्नो करियरमा समस्याहरू सामना गर्न सक्छन्। क्रोधमा निर्णय लिनबाट जोगिनुहोस् ।
उपाय- विष्णु सहस्रनाम नियमित पाठ गर्नुहोस्।
वृश्चिक राशि
यो साता एउटै काममा पूर्ण ध्यान दिनुपर्छ र पूरा गर्ने प्रयास गर्नुपर्छ । अन्य कुराहरू पनि परिवर्तन हुनेछन्। साथीभाइसँग पैसा सम्बन्धी कुनै पनि प्रकारको लेनदेन नगर्नुहोस्। साताको सुरुवातले करियरमा नयाँ अवसर दिन सक्छ। समयको सार्थक सदुपयोग हुनेछ ।
प्रतिद्वन्द्वीमाथि विजयी हुनुहुनेछ । रोजगारीका लागि समय विशेष लाभदायी रहनेछ । ऋण दिअको पैसा फिर्ता हुनेछ। साताको मध्यमा केही शुभ समाचार सुन्न सकिनेछ । चाँडै काममा परिवर्तन हुनेछ । पुराना सम्बन्धको प्रभाव जीवनबाट घट्दै जाँदा नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । जग्गा, भवन आदि खरिद गर्ने योजनामा हुनुहुन्छ भने त्यसो गर्दा कागजी काममा लापरवाही नगर्नुहोला, नत्र पछि समस्या भोग्नुपर्नेछ ।
व्यापार व्यावसायमा संलग्न व्यक्तिहरुको लागि यो साता मिश्रित रहनेछ । यो साता आम्दानीभन्दा खर्च बढी हुनेछ । सन्तानको प्रगति देखेर उत्साहित हुनुहुनेछ। परिवारका बिरामी सदस्यको स्वास्थ्यमा सुधार आउन सक्छ । यो साता आफ्नो स्वास्थ्यमा कुनै पनि प्रकारले सम्झौता गर्नुहुँदैन र कुनै पनि पीडा भएमा समयमै उचित उपचार गराउनुपर्छ अन्यथा आर्थिक तथा शारीरिक समस्याको सामना गर्नुपर्नेछ ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुहोस्।
धनु राशि
याे साताको पहिलो भाग शुभफल दिनेछ । केही समयको लागि कुनै समस्याले चिन्तित हुनुहुन्थ्यो भने कुनै प्रभावशाली व्यक्तिको सहयोगमा त्यो समस्याको समाधान देखा पर्नेछ। कार्यस्थलमा वरिष्ठबाट पूर्ण आशीर्वाद प्राप्त हुनेछ। रोजगारीका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । मानिसहरूले तपाईंको विचारशीलता र बुद्धिको कदर गर्नेछन्।
अन्तर्वार्तामा भाग लिइरहनुभएको छ भने सफलता मिल्न सक्छ । बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन् । यो साता तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ। नयाँ घर तथा सवारी साधन खरिद गर्न सकिन्छ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ। करियरमा ठूलो परिवर्तन ल्याउन सक्छ ।
बजारमा तपाईको विश्वसनीयता बढ्नेछ। साताको मध्यमा सत्ता र सरकारसँग सम्बद्ध व्यक्तिहरूसँग सम्बन्ध बन्नेछ । जसको सहयोगमा तपाईंले भविष्यमा लाभदायक योजनाहरूमा सामेल हुने अवसर पाउनुहुनेछ। यात्राको सम्भावना छ, जसले तपाईंलाई नयाँ उर्जा दिनेछ । परिवारका सदस्यहरूसँगको समन्वय उत्कृष्ट रहनेछ। यो साता लापरवाही नगर्नुहोस् र काममा ध्यान दिनुहोस्।
उपाय- ॐ नमो भगवते बासुदेबाय नम नियमित जाप गर्नुहाेस् ।
मकर राशि
यो साता आत्मविश्वास र रचनात्मकताले भरिपूर्ण दिन रहनेछ । तपाईंको लागि धेरै शुभ रहनेछ । यो साता कार्यस्थलमा तपाईको मिहिनेत र प्रयासको प्रशंसा हुनेछ । हाकिमहरू तपाईंसँग खुसी हुनेछन् र मातहतकाहरूबाट पूर्ण सहयोग र समर्थन प्राप्त हुनेछ। आर्थिक दृष्टिले यो साता तपाईका लागि निकै शुभ रहनेछ । यो साता कुनै योजनामा फसेको वा कसैलाई ऋण दिअएको पैसा फिर्ता पाउन सकिनेछ।
यो साता नयाँ कामको थालनी गर्न सकिनेछ । अपेक्षाहरू यथार्थपरक राख्नाले आक्रोश कम गर्न सकिन्छ।रोजगारीका लागि थप आम्दानीका स्रोत हुनेछन् । समग्रमा यो साता आर्थिक लाभ मिल्नेछ र प्रतिष्ठा बढ्नेछ। साताको प्रारम्भमा व्यापार व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अलि बढी दौडधुप गर्नु पर्ने देखिन्छ। तर, व्यवसायमा प्रगति र लाभले मन प्रसन्न रहनेछ ।दाम्पत्य जीवनमा अनुकूलता रहनेछ।
परिवारमा उत्सवको माहोल रहनेछ । तपाईंको जीवनसाथीले तपाईंलाई आफ्नो करियरमा अगाडि बढ्न प्रेरणा दिनेछ । प्रेमीप्रेमिकाले आफ्नो सम्बन्धलाई थप रोमान्टिक बनाउन प्रयास गर्नेछन्। संगीत र ललितकलामा रुचि बढ्नेछ।
उपाय- ॐ नम शिबाय नियमित जाप गर्नुहाेस् । शिबजीलाई जल चढाउनुहाेस् ।
कुम्भ राशि
यो साता कार्यस्थलमा केही राम्रो अवसर मिल्नेछ । साताको प्रारम्भिक भाग व्यापारिक दृष्टिकोणले निकै महत्वपूर्ण रहनेछ। यसबाट तपाईंले धेरै नयाँ कुराहरू सिक्न पाउनुहुनेछ। जुन भविष्यमा तपाईलाई धेरै उपयोगी हुनेछ। निजी जागिर गर्नेहरूले जागिर परिवर्तन गर्ने अवसर पाउन सक्छन्। विलासितामा खर्च हुनेछ । घर वा अफिसमा कुनै ठूला वस्तु किन्नको लागि यो साता खर्च हुन सक्छ।
यो साता आफ्नो काममा धैर्य राख्नुहोस्, चाँडै सकारात्मक परिणाम प्राप्त हुनेछ। काममा पारदर्शिता कायम राख्नाले सफलता मिल्नेछ । तपाईंले आफ्नो कार्यशैलीमा पुनर्विचार गर्नुपर्ने हुन सक्छ। लेनदेन र पैसा खर्च धेरै सोचेर गर्नुपर्छ अन्यथा तपाईलाई आर्थिक नोक्सान हुन सक्छ ।
यो साता नयाँ योजनामा सफलता मिल्नेछ । पदोन्नतिको सम्भावना छ । साताको मध्यमा यात्रा गर्नुपर्ने हुनसक्छ । यात्रा थकाइलाग्दो रहनेछ तर ठूलो लाभ र नयाँ सम्पर्कले भरिपूर्ण साबित हुनेछ।अनावश्यक विषयमा विवाद नबढाउनुहोस्। चोटपटक लाग्ने सम्भावना पनि छ । यस्तो अवस्थामा सावधानीपूर्वक काम गर्नुहोस् र सवारी चलाउँदा नियमलाई बेवास्ता नगर्नुहोस्। आफ्नो दैनिकी सन्तुलित राख्न योग र प्राणायाम आदि गर्न सक्नुहुन्छ ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् । गरिबहरुलाइ भोजन खुवाउनुहाेस् ।
मीन राशि
यो साता मिश्रित रहने छ । करियरमा नयाँ अवसर आउन सक्छ । नयाँ कामको खोजीमा हुनुहुन्छ भने साताको सुरुवात निकै राम्रो रहनेछ। यो साता सकारात्मक परिवर्तन हुनेछ । नयाँ जिम्मेवारी पाउन सकिनेछ । कुनै पनि महत्त्वपूर्ण निर्णयमा हतार नगर्नुहोस् लगानीका नयाँ अवसरहरू देखा पर्नेछ । साझेदारी सम्बन्धी काममा लाभ मिल्नेछ । आर्थिक अवस्था निकै राम्रो रहनेछ । प्रशासनसँग सम्बद्ध व्यक्तिहरूले उच्च पद प्राप्त गर्न सक्छन्। यो आत्मनिरीक्षण र योजनाको हप्ता हो।
कार्यस्थलमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। आर्थिक मामिलामा सजग रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोला। यो साता तपाईंले आफ्नो समय र पैसालाई धेरै सावधानीपूर्वक व्यवस्थापन गर्न आवश्यक छ, अन्यथा तपाईंले आर्थिक र मानसिक समस्याहरूको सामना गर्नुपर्नेछ। साताको पहिलो भागमा अचानक केही ठूला खर्च आउन सक्छ।
यदि तपाईंले साझेदारीमा व्यापार गर्नुहुन्छ भने अत्यधिक सावधानीपूर्वक अगाडि बढ्नु पर्छ। यदि तपाइँ कुनै नयाँ योजनामा काम गर्ने सोच्दै हुनुहुन्छ भने, कुनै पनि कदम अगाडि बढाउनु अघि निश्चित रूपमा आफ्ना शुभचिन्तकहरूसँग परामर्श लिनुहोस्। यो साता गल्तीले पनि नशा तथा रक्सि सेवन नगर्नुहोस् सवारी साधन सवाधानी सहित चलाउनुहाेस् । तपाईको स्वार्थी मनोवृत्तिको कारण तपाईका शुभचिन्तकहरू क्रोधित हुन सक्छन्।
उपाय- ॐ नम शिबाय जप गर्नुहाेस्, हरेक दिन शिबलिंगमा जल अर्पण गर्नुहोस्।





























प्रतिक्रिया