काठमाडौं जिल्ला अदालतका नासु ५ लाख घुससहित पक्राउ

काठमाडौं जिल्ला अदालतका नासु ५ लाख घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बालाई घुस रकमसहित पक्राउ गरेको  छ।  अख्तियारको टोलीले ५ लाख रुपैया घुससहित नासु भोलानाथ चालिसेलाई पक्राउ गरेको हो।

चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ । उनलाई वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले  जानकारी दिए ।

Logo