काठमाडौँ । नेपाल ओलम्पिक कमिटीमा आवद्ध खेल संघहरूको संस्था कन्फेडेरेसन अफ नेशनल स्पोर्ट एसोसिएसनले विभिन्न मागसहित पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
बुढानिलकण्ठस्थित देउवा निवासमा खेल संघहरूका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसँगको छलफल र परामर्शमा यथाशिघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोशाक र खेल सामग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपान र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझाव सहित अघि बढाइनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका छन् ।
सभापति देउवाले उक्त मागहरूलाई सकारात्मक रुपमा लिई सम्बन्धित निकायमा आवश्यक पहल बताए ।































प्रतिक्रिया