‘चारतारे’ र ‘लालतारे’ ले एनटिभी बिगारे- संचारमन्त्री

‘चारतारे’ र ‘लालतारे’ ले एनटिभी बिगारे- संचारमन्त्री

केन्द्रबिन्दु
0
Shares

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको बताएका छन्।   नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ कार्यक्रममा बोल्दै संचारमन्त्री बास्कोटाले नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको बताए।

नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताउदै उनले टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गरे  । मन्त्री बास्कोटाले अन्य संचार माध्यामसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीहरुलाई सचेत गराए  ।

मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताए ।

Skip This
Skip This
Logo